प्यूठान।
प्यूठानमा जुवाको खालबाट एकजना जनप्रतिनिधी सहित ७ जना पक्राउ परेका छन । प्रहरीले ७ जनासहित ८५ हजार ५ सय रुपैयाँ र तासका पत्ती बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीको सिभिल टोलिले तास खेलिरहेको अवस्थामा प्यूठान नगरपालीका ४ का वडा सदस्य भेष बहादुर राना सहित ७ जनालाइ पक्राउ गरेको समाचार श्रोतको दावी छ ।
यस विषयमा थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्किले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्