विपिको जन्मजयन्तीमा विपि कोइराला युवा मञ्चद्धार १०७ दिप प्रज्वलन

विपिको जन्मजयन्तीमा विपि कोइराला युवा मञ्चद्धार १०७ दिप प्रज्वलन

बुटवल
स्व विपि कोइराला युवा नेतृत्व विकास मञ्च रुपन्देहीले नेपाली काँग्रेसका सस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी.कोईरालाको १०७ औ जन्म जयन्तीको अवसरमा बुटवलमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
बुटवलको बी पी चोक १०७ वटा दिप प्रज्वलन गरेर मञ्चले महामानव विपिको जन्मजयन्ती मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका बुटवल नगर सभापती खेलराज पाण्डेले २००७ सालमा विपिकै नेतृत्वमा भएको आन्दोलनले नेपालमा प्रजातन्त्रको उदय भएको र विपिको प्रजातान्त्रिक समाजबादको महत्व झन बढेर गएको बताउनु भयो ।

विपि कोइराला युवा नेतृत्व विकास मञ्च रुपन्देहीको अध्यक्षमा छाया पोख्रेलले बिपिले देखाएको बाटोमा हिड्न सके मुलुकलाई शन्ति समृद्धि र विकासको गतिमा छिट्टै लैजान सकिने बताउनुभयो ।

कार्यक्रममा त्यस अवसरमा नेपाली काँग्रेस महासमिति सदस्य दीर्घबहादुर केसी, नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, नेपाल तरुण दल बुटवलका अध्यक्ष सुजन पुन, प्रदिप घर्ती लगायतले प्रजातन्त्र प्राप्तीमा विपिले दिएको योगदान र देखाएको बाटोलाइ नेपालीहरुले कहिल्लै भुल्न नहुने भन्दै विपिलले देखाएको बाटोमा हिड्न सके मुलुकमा शन्ति समृद्धि र विकासले गती लिने बताउनु भयो ।


त्यस अवसरमा नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव नेत्र भट्टराई, नगर सदस्य जयप्रकाश भट्टराई, तरुण दल क्षेत्रीय सभापति हसन्त लामा, नेबिसंघका सुरज क्षेत्री प्रदिप गौतम लगायत काँग्रेस नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij