लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री प्रदान

लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री प्रदान

बुटवल

लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा रुपन्देहीका सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान गरिएको छ । कोरोना नियन्त्रणका लागि अग्र भागमा खटिनु पर्ने सुरक्षा कर्मीलाई राहात प्रदान होस भन्ने उद्देश्यले सुरक्षा सामाग्री प्रदान गरिएको लायन्स क्लव अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताउनु भयो । शुक्रवार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित राठौरलाई साढे २ लिटर सेनिटाईजर ३ सय पीस सर्जिकल मास्क, प्रदान गरेको संस्थाका सचिव प्रकाश खनालले बताउनु भयो ।

त्यसैगरि ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायव निरिक्षक रुम बहादुर केसी, देविनगर प्रहरी चौकीका प्रमुख भरत थापा, डाईवरटोल चौकीका प्रमुख राम बहादुर थापा ,प्रहरी चौकी योगिकुटीका प्रमुख विमला नेपाली, नयाँगाउँ प्रहरी चौकीका प्रमुख गोकर्ण चौहान बुटवल नयाँ बसपार्कका प्रहरी हल्दार गौरव भुजेललाई सुरक्षा सामाग्री प्रदान गरिएको छ । सम्बन्धीत कार्यालयमा पुगी सुरक्षा सामाग्री प्रदान गरिएको हो । उक्त कार्यमा संस्थाकी उपाध्यक्ष मीना जीसी, कोषाध्यक्ष धर्मराज शर्मा, सहकोषाध्यक्ष प्रभा अर्याल, सावित्री न्यौपाने लगायतको सहभागितामा करिव ३० हजार वरावरको सुरक्षा सामाग्री प्रदान गरिएको ब्लवले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij