किसानले उत्पादन गरेका उपजहरु धुर्कोट गाउँपालिकाले खरिद गरिदिने !

किसानले उत्पादन गरेका उपजहरु धुर्कोट गाउँपालिकाले खरिद गरिदिने !

बुटवल – धुर्कोट गाउँपालिका गुल्मीले धुर्कोटका किसानले उत्पादन गरेका कृषीयोग्य उपज खरिद गर्ने भएको छ । ग्रामीण भेगका किसानहरुले उत्पादन गरेपनी बजार नपाएका सामाग्रीहरुलाई खरिद गरि किसानहरुलाई हौसला संगै कृषिकर्म गरेको सुखद अनुभूति दिनका लागि यसो गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । स्थानिय स्तरमा उत्पादित कृषि उपजहरुलाई यहाँ राम्रो संग प्रयोगमा नल्याउने तथा केही उपजहरु सडेर जाने गरेको अवस्थामा ग्रामीण कृषि उद्यमशिलता बुटवल बिच धुर्कोट गाउँपालिकाले सम्झौता गरेको र ग्रामीण कृषि उद्यमशिलतालेनै उपजहरु लिएर जाने गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले बताउनुभयो । गाउँपालिका भित्रका किसान , कृषि समूह , कृषि फर्महरुबाट उत्पादित कृषि उपजहरु धुर्कोट गाउँपालिकामा रहेको कृषि बिकास शाखाले तोकेको केन्द्रमा लगि संकलन गर्नुहुन समेत गाउँपालिकाले अनुरोध गरेको छ । धुर्कोट गाउँपालिका र आर्थिक समृद्धिको लागि ग्रामिण कृषि उद्यमशिलता बुटवल बिच उक्त समझदारी भएको प्रशासकिय प्रमुख काशीराम पन्थीले बताउनुभयो । कृषी उपजको यस्तो छ बजारमुल्य :-

१) महिला समुहबाट निर्मित तितौरा ३८० रुपैयाँ प्रतिकेजी

२)सिन्की ४०० रुपैयाँ प्रतिकेजी

३)मुलाको सुकाएका चाना ६० रुपैयाँ प्रतिकेजी

४)बेसारका सुकाएका चाना २८५ रुपैयाँ प्रतिकेजी

५) कोदो ३७ रुपैयाँ प्रतिकेजी

६) सोस्ता (बोढी) १५० रुपैयाँ प्रतिकेजी

७) ग्रेडिङ गरेको मकै ४० रुपैयाँ प्रतिकेजी

८) खैरो भट्ट ७० रुपैयाँ प्रतिकेजी ९) सेतो भट्ट ७० रुपैयाँ प्रतिकेजी

१०) खैरो गहत ९० रुपैयाँ प्रतिकेजीका दरले गाउँपालिकाले खरिद गर्ने भएको हो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij