काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक शुक्रवार बस्ने भएको छ ।
यस पटकको सचिवालय बैठक कोटेश्वर पेरिसडाँडास्थित पूर्वमाओवादी केन्द्रको पार्टी कार्यालयमा बोलाइएको छ । पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।
गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयन गर्नेसम्बन्धी छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।
पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल भई बैठक पेरिसडाँडामा बोलाइएको हो ।
दाहालले कार्यकारी अध्यक्षको भूमिका पाएपछि पेरिसडाँडामा सचिवालय बैठक राख्नु भएको हो ।
नेकपाको सबैजसो बैठक पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराही र प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्