असोज ।
रुपन्देहीको शुद्धोधन गाउपालिका वडा नं २ वनगाईमा शुक्रवार एक महिलाको शव फेला परेको छ ।
शुत्रबार विहान खेतमा घाँस काट्न गएका स्थानीयले खेतमा वेवारिसे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घास काट्न खेतमा गएका स्थानीयले अपरिचित व्यक्तिको शव देखेपछि इलाका प्रहरी कार्यलय रन्यौरालाई खबर गरिएको शुद्धोधन गाउपालिका वडा नं २ का अध्यक्ष बिष्णु प्रसाद बश्यालले बताए ।
शव बुटवल १६ सेमलार निवासी ३१ वर्षिय टीकाजुङ्ग कंवरको रहेको र निजलाई कुनै षड्यन्त्र गरि धारिलो हतियार प्रयोग गरि हत्या गरिएको इलाका प्रहरी कार्यलय रन्यौराका प्रमुख यम के श्रेष्ठले जानकारी दिए ।
शव भेटिएको केही दुरिमा मादक पदार्थको बोतल र केही फलामका धारिला हतियार पनि भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असोज ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्