नेपालगञ्जबाट काठमाण्डौ आउनुभएका डाक्टर गोविन्द केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै ट्रमा सेन्टर लगियो

नेपालगञ्जबाट काठमाण्डौ आउनुभएका डाक्टर गोविन्द केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै ट्रमा सेन्टर लगियो

काठमाण्डौ – अनसनकै क्रममा काठमाण्डौ आउनुभएका डाक्टर गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । नेपालगञ्जबाट काठमाण्डौ आउनुभएका उहाँलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै ट्रमा सेन्टर लगिएको केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।

शिक्षण अस्पताल महाराजगञ्ज जान लाग्नुभएका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको सुवेदीले बताउनुभयो ।

शिक्षण अस्पताल र वीर अस्पताललाई कोडिभ अस्पताल बनाइएकाले डाक्टर केसीलाई ट्रमा सेन्टर लगिएको प्रहरीको प्रतिक्रिया छ ।

गएको भदौ २९ गते जुम्लामा अनसन सुरु गर्नुभएका केसी सोमबार नेपालगञ्ज आउनुभएको थियो । जहाज नपाएपछि सोमबार उतै रोकिनुभएका उहाँ मङ्गलबार काठमाण्डौ आउनुभएको हो । उहाँले अनसनलाई निरन्तरता दिने बताउनुभएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij