सरकारले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

सरकारले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाण्डौ – सरकारले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हिम चितुवा उपनामले चिनिएका पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

अतिरिक्त अक्सिजन विना १० पटक सगरमाथाको शिखरमा पुगेका शेर्पाको सोमबार काठमाण्डौको जोरपाटीमा निधन भएको थियो । अन्तिम सम्मान व्यक्त गर्न आङरिताको शवलाई दुई दिन बौद्धको टुसालमा रहेको शेर्पा सेवा केन्द्रको गुम्बामा राख्ने र बुधबार दाहसंस्कार गरिने नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

सन् १९८३ देखि १९९६ को बीचमा अतिरिक्त अक्सिजन विना सगरमाथाको सफल आरोहण गरेका शेर्पा आफ्नो समयमा सबैभन्दा चर्चित आरोहीको रुपमा चिनिनुहुन्थ्यो । दुई दशकअघि कलेजोसम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्यागेका उहाँलाई चार वर्ष अघि मस्तिष्कसम्बन्धी समस्या देखा परेको थियो ।

कीर्तिमानी पर्वतारोही भए पनि उपचारका लागि सरकारले सहयोग नगरेको उहाँको परिवारले गुनासो गर्दै आएको थियो । शेर्पा सन् १९४८ मा सोलुखुम्बुको यीलाजुङ गाउँको सामान्य परिवारमा जन्मनुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij