हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसामू चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी

हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसामू चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी

सुर्खेत । हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसामू चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ ।

नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली स्थलगत अध्ययनमा गएको थियो । टोलीसँगै गएका नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको छ ।

‘हामी चीनले भवन बनाएकै ठाउँसम्म पुगेका थियौं । त्यो ठाउँबाट दायाँ एक घण्टाको दुरीमा छ १२ नम्बर पिल्लर’ गाउँपालिका अध्यक्ष तामाङले भने, उहाँहरुले यो भूमि हाम्रै हो । तपाईहरुको केही कुरा भए बोर्डरमा गरौंला भन्नुभयो ।’

अध्यक्ष तामाङका अनुसार नेपाली टोली पुगेपछि चिनियाँ प्रहरीलाई सेनालाई खबर गरेको थियो । एउटा ट्यांकर, ट्रक र जिपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले माइकको प्रयोग गरेर नेपाली पक्षलाई यो भूमि चीनको भएको र कुनै विषयमा वार्ता गर्ने भए सीमा बिन्दुमा जान प्रस्ताव गरेको थियो ।

चिनियाँ पक्षले भनेको सीमा भवनहरु बनेको स्थानबाट नेपालतर्फ एक किलोमिटरमा पर्छ ।

गाउँपालिका अध्यक्षका अनुसार १२ नम्बरको पिल्लर लाप्चामा छ, तर ११ नम्बरको पिल्लर भेटिएको छैन ।

११ नम्बरको पिल्लर पत्ता नलागेसम्म चिनियाँ पक्षले भवनहरु बनाएको क्षेत्र कसको हो भन्न नसकिने उनले बताए । ‘११ नम्बरको पिल्लर नेपाल सरकारले खोजेको छैन, कहाँ छ भनेर यकिन भएको छैन’ उनले भने, ‘१२ नम्बरको पिल्लरका आधारमा घर बनाइएको क्षेत्र चिनियाँ भूमि हो कि नेपाली भनेर यकिन गर्न सकिन्न ।’

यद्यपि भवन बनेको भन्दा साढे २ किलोमिटर उत्तरतिर नेपाल पक्षले बाटो खनेकाले उपभोगका हिसावले त्यो भूमि नेपालको भएको नेपाली पक्षले बताएको छ ।

नाम्खा गाउँपालिका–६ लालुङ्जोङमा रहेको स्थानमा चीनले केही वर्ष पहिले दुईवटा भवन बनाएको थियो । तर, यो वर्ष ११ वटा भवन बनाएर पर्खालसमेत लगाएको पाइएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij