काठमाण्डौ र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको ज्यान गयो, तीन जना घाइते

काठमाण्डौ र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको ज्यान गयो, तीन जना घाइते

काठमाण्डौ,काठमाण्डौ र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपनका ४५ वर्षका शंकर पन्तको ज्यान गएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले ठक्कर दिँदा घाइते भएका पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका धादिङका १४ वर्षका शंकर श्रेष्ठको उपचार भैरहेको छ । दुर्घटनापछि फरार भएका चालकको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका(५ को घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा रामेछापका २० वर्षका अनिश श्रेष्ठको ज्यान गएको छ ।

हिजो बेलुकी बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा ज्यान गएको प्रहरीले जनाएको छ । यो मोटरसाइकल दुर्घटना भएपछि बचाउन जाने क्रममा भे ६ प ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घाइते भएका इलामका २१ वर्षका उज्वल राई र २३ वर्षका सुजल गहतराजको डाक्टर इबामुरा अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij