काठमाण्डौ – शुक्रबार काठमाण्डौसहित मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा घाम लागेको छ ।
यी ठाउँमा बिहानैदेखि पानी पर्न रोकिएको मौसमविद्ले बताएका छन् । तर पूर्वका केही ठाउँमा भने मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । प्रदेश नम्बर १ र २ का केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
यस्तै शुक्रबार राति देशभरको मौसम सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति देशका एकरदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । शनिबारदेखि भने देशका सबैजसो क्षेत्रमा घाम लाग्ने मौसमविद्को पूर्वानुमान छ ।
यो वर्ष देशका विभिन्न क्षेत्रमा विपदमा परेर तीन सय ९१ जनाको ज्यान गएको छ भने एक सयभन्दा धेरै अझै बेपत्ता छन् । सबैभन्दा बढी पहिरोले मात्रै दुई सय ८७ जनाको ज्यान लिएको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्