मृगौला पिडीतको उपचारको लागि कोरियाबाट सहयोग

मृगौला पिडीतको उपचारको लागि कोरियाबाट सहयोग

बुटवल,

अघाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी निवासी अमृता खत्री थापाको छोरा १६ बर्षिय बसन्त थापाको दुबै मृगौला फेल भएपछि उपचारको लागि सहयोग प्रदानगरिएको छ ।

आर्थिक अभावको कारण उपचारमा समस्या भएपछि अर्घाखाँची घर भई हाल दक्षिण कोरियामा रोजगारीको शिलसिलमा रहेका नेपालीहरुले रकम संकलनगरी सहयोग गरेका हुन ।

दुबै मृगौला फेल भई हाल गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डाईलाईसिस गर्दै आएका १६ बर्षिय बसन्त थापालाई दक्षिण कोरियामा रोजगारीको रुपमा रहेका ३२ जना नेपाल र अर्घाखाँची सम्पर्क समाजले गरी कुल १० लाख वान अर्थात १ लाख नेपाली रुपैयाँ सहयोग गरेको सहयोग संकलनसमितिका संयोजक राजेन्द्र बेल्बासेले जानकारी दिए ।

भूमिकास्थान नगरपालिका वडा नम्बर २ देउल मावली भएका थापाको सानो उमेरमा नै मृगौलाले काम गर्न छाडेपछि माईती र घर परिवारले सहयोगको याचना गर्दै आएका छन । मृगौला पिडीतहरुको उपचारको लागि लागि १ लाख रुपैयाँ नेपाली रुपैयाँ बैंक मार्फत सम्बन्धीत व्याक्तिहरुको खातामा जम्मा गरिएको संयोजक बेल्बासेले जानकारी दिए । सहयोगी मनहरुले अमृता थापा को नाममा रहेको साईन रेसुंगा बैंक सन्धीखर्क खाता नम्बर ००२००५००००९४७५०००००१ मा रकम जम्मा गरि सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij