रुपन्देहीको सियारीमा लालपूर्जा वितरण

रुपन्देहीको सियारीमा लालपूर्जा वितरण

रुपन्देही -रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) आज वितरण गरेको छ । गाउँपालिकाको वडा नं ३ का २३ घर परिवारलाई लालपूर्जा वितरण गरेको सो गाउँपालिकाले जनाएको छ ।
पहिले नापी गर्दा छुट भएको जग्गालाई गाउँब्लक मानिदै आएको छ । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई गाउँपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरेको थियो ।
गाउँब्लकको समस्याका कारण पुस्तौंदेखि खनजोत र भोगचलन गर्दै आएपनि लालपूर्जा पाउन नसकेका स्थानीयलाई लालपूर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनुभयो । जनतालाई जग्गाको मालिक वनाउने प्रक्रिया सुरु भएको छ उहाँले भन्नुभयो –‘जनताका चाहना अनुसार विकासका काम भइरहेका छन ।
विभिन्न वडाको गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरुङले बताउनुभयो । उक्त गाउँपालिकामा थप करिव ७ सय घरपरिवारलाई गाउँ ब्लकको पुर्जा वितरण गरिने प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताउनुभयो ।
पुर्जा वितरण कार्यक्रममा नापी अधिकृत अजित कुंवर, गाउँपालिका ना.सु चिरञ्जीवि गौतम, नेपाली कांग्रेस सियारी गाउँ कमिटीका नन्दलाल थारु लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : शनिबार, असोज १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij