काठमाण्डौ
अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको छ ।मनसुन कमजोर अवस्थामा पुगेकाले कम पानी पर्न थालेको छ । यो वर्ष पनि दुई दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन अझै बाहिरिएको छैन । तर मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने महाशाखाका मौसमविद्ले बताएका छन् । तर सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिनुपर्ने भए पनि केही वर्ष यता ढिला भित्रिएर ढिला नै बाहिरिन थालेको छ ।
मनसुन सकिएपछि बिस्तारै पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमी वायुले चिसो ल्याउने भएकाले मनसुन सकिएपछि बिस्तारै चिसो बढ्न थाल्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । अहिले बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशको मौसम सामान्य बदली भई थोरै ठाउँमा हल्का पानी पर्ने र अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बुधबार, असोज १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्