काठमाण्डौ – नेपाल रेल्वे कम्पनीमा जागिर खानको लागि ३२ हजार जनाले आवेदन दिएका छन् ।
कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो । १५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभएको छ ।
‘एक सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ । दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिवद्धता पनि हो’, भट्टराईले ट्विटरमार्फत भन्नुभएको छ ।
नेपालमा रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीले पाएको छ । सरकारले ढिलो गरी कम्पनी गठन र नियम ल्याउँदा भारतबाट आएको रेल सञ्चालन हुन सकेको छैन ।
प्रकाशित मिति : बुधबार, असोज १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्