काठमाडौं । कोरोना भाइरसको महामारी र त्यसको नियन्त्रणका लागि सरकारले लिएको प्रतिवन्धका कारण सबैतिर व्यापार व्यवसायमा मन्दी छाएको छ । सोही क्रममा नेपाल एयरलाइन्सले समेत विदेशी पाइलटमाथिको खर्चमा कोरोनायता ७७ प्रतिशतसम्म खर्च कटौती गरेको जानकारी दिएको छ ।
कोरोना भाइरसको महामारी अगाडी वाइडबडी जहाज ए३३० विमान दैनिक १३ घण्टा उड्ने गरेको थियो । यी जहाजलाई दैनिक उडानमा लगाउन निगमले कुल १४ जना विदेशी पाइलट तथा लाइन पाइलटको व्यवस्था गरेको थियो ।
उनीहरुका लागि मासिक ३ करोड २३ लाख रुपैयाँ खर्च भइरहेको थियो । तर, लकडाउन यता विदेशी पाइलटमाथिको खर्च मासिक ७३ लाख ७१ हजारमा झरेको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार चैत २०७६ देखि करारमा रहेका पाइलटलाई मासिक १० दिन बेतलवी बिदा दिइएको थियो । त्यसका लागि चैतदेखि नै विदेशी विमान चालकको हकमा ५०(६० प्रतिशत सेवा सुविधा र पारिश्रमिक कटौती गरिएको छ ।
नेपाल एयरलाइन्सका अनुसार करारमा रहेका ७ जना विदेशी पाइलटको अहिले करार सेवा नवीकरण गरिएको छैन । अहिले भइरहेका उडान व्यवस्थापनका लागि ६ जना विदेशी पाइलटको मात्र करार नवीकरण भएको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।
एक जना पाइलटको भने करार पूर्ण रुपमा भंग गरिएको छ । विगतमा १२ हजार डलरसम्म मासिक तलव घटेर अहिले मासिक तलव समेत ४ हजार अमेरिकी डलर र बसोबास खर्च १ हजार खर्च मात्र कायम गरिएको निगमले जनाएको छ ।
नेपाल एयरलाइन्सका अनुसार लकडाउन र निषेधाज्ञाको समयमा विदेशी भन्दा नेपाली पाइलटको प्रयोग भएको छ । जसले गर्दा उनीहरुको आम्दानीसमेत माथि पुगेको छ । अहिले नेपाली पाइलटको मासिक आम्दानी औसतः ५ लाख २९ हजार रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।
ए३३० उडाउने नेपाली पाइलटको औसतः मासिक आम्दानी ९साउन र भदौ०
एमएम डंगोल स् ५२९०६३
एसके श्रेष्ठ स् ५१०७३२
श्रवण रिजाल स् ५५७२२९
विजय लामा स् ५१९७२३
।
प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्