रानीपाेखरीकाे बालगाेपालेश्वर मन्दिरमा १२३ किलाेकाे गजुर राखियाे

रानीपाेखरीकाे बालगाेपालेश्वर मन्दिरमा १२३ किलाेकाे गजुर राखियाे

काठमाण्डौ – रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर राखिएको छ ।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको छ । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट ९शिखर० शैलीमा पुनर्निर्माण गरिएको छ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरि पुरानै शैलिमा पुनर्निर्माण गरिएको हो । मन्दिरको शिरमा रहेको गजुरको कुल उचाइ ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा झण्डै २८ तोला सुनको जलप लगाइएको बताउनुभयो । मन्दिरको गजुर १ सय २३ दशमलव ७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५ दशमलव ७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा झण्डै ३३ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

२०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गर्नुभएपछि पुननिर्माणको काम सुरु भएको थियो । तर बीचमा आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि फेरि पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको झण्डै पाँच वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सकिने चरणमा छ ।

प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्ने गरी पुनर्निर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको बताउनुभयो । अब मन्दिर भित्र रहने मूर्तिहरुको प्राण प्रतिष्ठान गरी प्रतिस्थापन गरेपछि औपचारिक रुपमा उद्घाटन गरिने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij