पत्रकार पाण्डे पक्राउ प्रति प्रेस युनियन रुपन्देहीको आपत्ति :बिना शर्त रिहा गर्न माग

पत्रकार पाण्डे पक्राउ प्रति प्रेस युनियन रुपन्देहीको आपत्ति :बिना शर्त रिहा गर्न माग

बुटवल-समाचार संकलनको क्रममा पत्रकार कमला पाण्डेलाइ प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ ।प्रदेश ५ को स्थायी राजधानीको विषयमा संसदमा पेस भएको प्रस्तावलाई लिएर रुपन्देहीमा भइरहेको आन्दोलनको समाचार संकलन गर्ने क्रममा आइतबार साझ बुटवलबाट पत्रकार कमला अधिकारी पाण्डेल्राई प्रहरीले पक्राउ गरेको घटना नेपाल प्रेस युनियन रुपन्देहीले आपत्ति जनाएको छ। नेपाल प्रेस युनियन रुपन्देही कार्यसमिती सदस्य ,रेडियो नमस्तेका स्टेसन प्रमुख तथा रेडियो नेपालकी रुपन्देही संवादाता एवम सक्रिय पत्रकार कमला अधिकारी पाण्डेलाई आन्दोलनको समाचार संकलन गरि घर फर्कदै गर्दा चौराहमा नजिकबाट पत्रकार परिचयपत्र देखाउदा देखाउदै पनि जबरजस्ती रुपमा धरपकड गरि पक्राउ गरिनु खेद जनक मात्र नभइ स्वतन्त्र प्रेस माथि राज्यले गरेको ठाडो हमलाको रुपमा हामिले लिएका छौ , युनियन सभापति रेखा भुसाल र सचिव श्याम संकर पाण्डे द्धारा जारी विज्ञप्तिमा   पत्रकारहरूमाथि धरपकड गरिनु दुःखद् भएको उल्लेख गरिएको छ । साथै प्रहरीद्वारा प्रेसमाथि गरिएको यो ज्यादतीको कडा भत्र्सना गर्दै गैरन्यायीक रुपमा हिरासतमा राखिएकी पत्रकार पाण्डेलाई नि:र्त रुपमा तत्काल रिहाइको माग समेत गरिएको छ ।

आन्दोलनकारिले मुख्यमन्त्री शंकर पाेखरेल सवार गाडीलाई लक्षित गरि ढुंगा प्रहार गरेपछि प्रहरीले आइतबार बेलुका धरपकड गरि कांग्रेस नेता कार्यकर्ता सहित पत्रकार पाण्डेलाई समेत पक्राउ गरेको थियोे ।

प्रकाशित मिति : आइतबार, असोज १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij