लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री चौधरीलाई कोरोना

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री चौधरीलाई कोरोना

बुटवल, ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री चौधरीले सामाजिक सन्जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

आफ्नो पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताउँदै उनले आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह गरेका छन् । मन्त्री चौधरीसँगै उनकी श्रीमती द्रोपती चौधरी, पिएसओ, सवारी चालक र भान्सेलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाएका छन् ।

संक्रमित मध्ये मन्त्री चौधरीलाई सामान्य रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण नदेखिएको बताइएको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij