जसपाको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई

जसपाको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई

काठमाडाैं -जनता सामाजवादी पार्टी (जसपा) ले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेकाे छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले साे निर्णय गरेकाे पार्टीका एक नेताले बताए ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन् ।

यसअघि पार्टी एकीकरण हुनुअघि भट्टराई समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष थिए । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच एकीकरण हुँदा पनि उनलाई अध्यक्ष बनाउने चर्चा थियो । तर एकतापछि उनी जसपाको वरिष्ठ नेता मात्र थिए । अहिले उनलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएकाे हाे ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठक अहिले पनि जारी छ । सो बैठकमा भट्टराईसहित राजपामा अध्यक्ष रहेका राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झालगायतको कार्यविभाजनबारे पनि छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij