धादिङ – बुटवलबाट काठमाण्डौ जादै गरेको जीप धादिङको पृथ्वी राजमार्गको सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
बा १२ च ४४१० नम्बरको जीप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख, प्रहरी नायब उपरीक्षक डीएसपी युवराज खड्काले जानकारी दिनुभयो ।
घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्