खस्यौली : प्रदेश नं ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । प्रदेशसभा सञ्चालन भएपछि ती विधेयकमाथि छलफल हुने प्रदेश नं ५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ को सङ्घ, संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालयले दर्ता गराएको हो ।
प्रदेश नं ५ को हिउँदे अधिवेशन आगामी मङ्सिर २६ गतेबाट शुरु हुँदैछ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्