काठमाडौँ – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारलाई निरन्तर खबरदारी गर्नुको विकल्प नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग भएका सम्झौता छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदै उक्त कुरा बताएका हुन्।
‘ विगतमा बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन नभएका र प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस अगाडि बारम्बार सम्झौता विपरीत काम गरेकाले हामीसँग निरन्तर खबरदारी गर्नुको विकल्प छैन’डा. केसीले भने ।
डा केसीले १९औँ अनशनको बेला भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको कताए । गत असोज २४ गते राति १९औँ अनशन बसेका केसी र सरकारबीच ८ बुँदे सम्झौता भएको थियो । सम्झौता भएकै भोलिपल्ट केसीले अनशन तोडेका थिए ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्