जनप्रतिनीधी सहीत सहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश

जनप्रतिनीधी सहीत सहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश

अर्घाखाँची– नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । यसबीच अर्घाखाँचीमा वडा सदस्यसहित करिब ४ दर्जन नेकपाका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको मालारानी गाउँपालिका ३ का नेकपाबाट निर्वाचित वडा सदस्य सुमित्रा विश्वकर्मा, नेकपा पार्टी सदस्य मिनबहादुर विश्वकर्मा एवं रामचन्द्र खनाललगायत ४६ जनाले नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई कांग्रेसले भव्य स्वागत गरेको थियो ।

नेपाली कांग्रेस जिल्ला सभापति बिष्णु मुस्कान, वडा सभापति सोभाखर खनाल, नेता लिलामणी पोखरेल, नेता लोकेन्द्र बहादुर विश्वकर्मालगायतले नवप्रवेशहीहरुलाई स्वागत गरेका थिए । कांग्रेस सभापति मुस्कानले नव प्रवेशीहरुलाई भव्य स्वागत गर्दै पार्टी प्रवेश गरेको बताएका छन् । उनले भने, नेकपाबाट निर्वाचित वडा सदस्यहित ४६ जना नवप्रवेशीहरुलाई स्वागत गरिएको हो । नव प्रवेशीहरुको स्वागत कार्यक्रममा कांग्रेस नेता राजेन्द्र सुनारले स्वागत मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij