तिलोत्तमा जेसिजको सप्ताहव्यापी कार्यक्रम, पहिलो दिन आश्रममा खाद्यान्न वितरण

तिलोत्तमा जेसिजको सप्ताहव्यापी कार्यक्रम, पहिलो दिन आश्रममा खाद्यान्न वितरण

 

तिलोत्तमा -तिलोत्तमा जेसीज वर्ष २०२० को जेसीज सप्ताह कार्यक्रम अन्तरगत आज तिलोत्तमा-६, स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रममा खाद्यान्न वितरण गरिएको छ । तिलोत्तमा जेसिजका संस्थापक अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अथिती जेसि बिनोद ढकालले कोरोनाको विषम परिस्थितिमा खाद्य सामाग्री सहयोग गर्न पाउँदा साह्रै खुसी लागेको बताउनुभयो । सोही अवसरमा तिलोत्तमा जेसिज बर्ष २०२० का अध्यक्ष जेसी लोक प्रसाद भण्डारी राजुले जेसिजको मुलमन्त्र ‘मानवताको सेवा जिवनको सर्बोत्तम कार्य’ लाई अङ्गिकार गरि जेसिज सप्ताहव्यापी कार्यक्रम शुरु गरेको र पहिलो दिनमै खाद्य वितरण गर्न पाउँदा तिलोत्तमा जेसिज परिवार हर्षित भएको जनाउनुभयो । त्यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर जान नसकिरहेको अवस्थामा आश्रमलाई अति नै आवश्यक भएका खाद्यान्न उपलब्ध गराईदिएकोमा आश्रमकी संचालक मैनादेवी भण्डारीले जेसिआई तिलोत्तमालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा तिलोत्तमा जेसिजका पुर्ब अध्यक्ष तथा साखा सल्लाहकार जेसिआई सिनेटर यादव भट्टराई, निबर्तमान अध्यक्ष जेसी जय प्रकाश भट्टराई, अध्यक्ष सल्लाहकार जेसी मान बहादुर थापा सन्तोष,कार्यक्रमका संयोजक जेसी सन्दीप पौडेलले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका मुल संयोजक जेसी बिनित भट्टराईले स्वागत मन्तव्य तथा तिलोत्तमा जेसिजका महासचिव जेसी बासुदेव शर्माले कार्यक्रम सन्चालन गर्नुभएको थियो । साथै भोली तिलोत्तमा-९, मङ्गलापुर स्थित ट्राफिक कार्यालयमा कोरोना स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij