मणिग्राम ।
रूपन्देहीको मणिग्राम क्षेत्रमा आधुनिक कृषिसँगै शैक्षिक, सामाजिक अभियन्ता पदमप्रसाद पाण्डेयको निधनमा स्थानीय दर्जनौं संघ–संस्था तथा सरकारका सबै तहबाट शोक व्यक्त गरिएको छ ।
स्वर्गीय पाण्डेले स्थापना गर्नुभएका शैक्षिक, सामाजिक, धार्मिक संघसंस्था सहित स्थानीय तह, राजनीतिक दल, प्रदेश सरकार लगायतले तिलोत्तमा –९, नन्दनवनस्थित उहाँकै निवासमा शोक सभाहरू समेत सम्पन्न गरेका छन् ।
शोक व्यक्त गर्दे प्रतिनिधि सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा योगदान दिनुभएका पाण्डेयको निधनले आफूलाई दुःख लागेको बताउनुभएको छ ।
शोक व्यक्त गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले स्वर्र्गीय पाण्डेयले यस क्षेत्रमा कृषिको आधुनिकीकरणमा निर्वाह गर्नुभएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
आज (सोमबार) आयोजित अर्को एक शोक सभामा प्रदेश सरकारका मन्त्रीहरूः लिला गिरी, आरती पौडेल, राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराई, प्रदेश सभा सदस्य दधिराम न्यौपाने लगायतले शोक तथा समवेदना व्यक्त गर्नुभएको थियो ।
यसअघि नेपाली काँग्रेसले आयोजना गरेको शोक सभामा पूर्वमन्त्री एवम् रूपन्देहीका पार्टी सभापति अब्दूल रज्जाकले मणिग्राम क्षेत्रका एकजना मुर्धन्य अभियन्ता तथा साझा अभिभावकको निधनले अपूरणीय क्षति पुगेको बताउनुभएको थियो । कार्यक्रममा पूर्वसांसद शंकरप्रसाद पाण्डेय, मोहनप्रसाद पाण्डेय, रूपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, नगर सभापति हरिलाल पाण्डेय लगायतले शोक व्यक्त गर्नुभएको थियो ।
९६ वर्षको उमेरमा गत कार्तिक १६ गते आफ्नै निवासमा दिवंगत हुनुभएका पाण्डेय वि.सं. २०१६ सालदेखि तिलोत्तमा –९, नन्दनवनलाई केन्द्र बनाई जनस्तरबाट कृषिमा आधुनिकीकरण थाल्नुभएको थियो । स्थानीयबासीको प्रयोजनका लागि पहिलोपटक ट्रयाक्टर, थ्रेशरको व्यवस्था गर्नेदेखि, सामुदायिक सिँचाइका लागि भूमि दान गर्ने त्यस्तैः स्थानीयबासी र इष्टमित्रको भलाईका लागि संरक्षकका रूपमा उहाँले काम गर्नुभएको थियो ।
स्वर्गीय पाण्डेयकी ठूली छोरी भगवतीदेवी भण्डारी लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य र सानी छोरी यमकला न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य हुनुहुन्छ ।
त्यस्तै ठूला छोरा भेषराज पाण्डेय उन्नति एग्रो फार्मका प्रोप्राइटर हुनुहुन्छ भने पशुआहार उत्पादक कम्पनी उत्तम साइलेजका अध्यक्ष हुनुहुन्छ । उत्तम साइलेज मार्फत् उहाँले तिलोत्तमा नगरमा पचासौं विगाहा जमीनमा अत्याधुनिक प्रविधि र उपकरणसहित धान तथा मकैखेती गर्दै आउनुभएको छ । त्यसैगरी, उहाँ नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि, गौतमबुद्ध मा.वि. तथा जेसीआई भलवारीका पूर्व अध्यक्ष हुनुहुन्छ ।
माहिला छोरा अर्जुन पाण्डेय हुमा इण्टिग्रेटेड लाइभस्टक फार्मका प्रोप्राइटर तथा उत्तम साइलेजका सञ्चालक हुनुहुन्छ । कान्छा छोरा इञ्जिनियर अनन्त पाण्डेय नेपथ्य कलेजका सहायक क्याम्पस प्रमुख सहित सबै सन्तान विविध सामाजिक संघसंस्थामा क्रियाशील हुनुहुन्छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्