काठमाण्डौ।
सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को गएको २४ गतेको बैठकले किजा पूजाको अवसरमा मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी सो दिन किजा पूजाका लागि सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।
नेवाः समूदायले काग तिहार र कुकुर तिहारसँगै लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन् ।
प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्