रुपन्देही- रुपन्देहीको सियारी गाउँपालिकाले नयाँ भवनबाट कार्यसम्पादन गर्ने भएको छ । वडा नं. ३ को हर्नैयामा आफ्नै भवन निर्माण सम्पन्न गरी सेवाग्रहीलाई आईतबार देखि नयाँ भवनबाट सेवा दिन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सविक हर्नैया गा.वि.स, विद्यालय र स्वास्थ्य चौकीको भवन प्रयोगगरी हालसम्म सेवा दिइरहेको थियो । गाउँपालिकाको भवन पुरानो, सानो र एकै ठाउँ गाउँपालिकाको शाखा नरहेकाले सेवाग्राहीलाई सेवा दिन गाह्रो भैरहेको छ । नयाँ भवनबाट सेवा दिन थाले पछि सेवाग्राहीलाई सेवा दिन सहज हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । गाउँपालिकामा विकास निर्माणका कार्य तिब्र गतिमा भैरहेकोले समृद्ध गाउँपालिका बन्नेमा ढुक्क हुन उहाँले सबैलाई आग्रह गर्नु भयो । चुनावमा गरेको प्रतिवद्धता अनुसार जनप्रतिनिधीहरुले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो । राम्रो काममा सबैको सहयोग हुनु पर्ने उहाँको भनाई छ । पाँच करोड ८५ लाख ८६ हजार तीन सय छ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताउनु भयो । आज भवनको वैदिक परम्परा अनुसार पुजा गरि प्रवेश गरिएको छ । पुजा सम्पन्न गरिए पछि आईतवार देखि गाउँपालिकाको सेवा नयाँ भवनबाट दिईने छ । गाउँपालिका भवनको पर्खाल निर्माण गरिसकेपछि एक कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्