बुटवल।
रूपन्देहीमा शुक्रबार थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा १५ महिला र १४ पुरूष गरि २९ जनाामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीका थप ४० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा हालसम्म ७ हजार ८ सय ४९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
हाल रूपन्देही जिल्लामा ५ सय ५९ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म १ सय ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्