लोकतन्त्र नै धरापमा पर्यो : नेपाली काँग्रेस संसदिय दल लुम्बिनी प्रदेशका नेता कनौडीया

लोकतन्त्र नै धरापमा पर्यो : नेपाली काँग्रेस संसदिय दल लुम्बिनी प्रदेशका नेता कनौडीया

बुटवल-नेपाली काँग्रेस संसदिय दल लुम्बिनी प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले लोकतान्त्रिक गणतन्त्रको भविष्य नै धरापमा पारेको ठहर गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले संघीय संसद बिघटन गरेपछि प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल काँग्रेसले संविधानको भावना र मर्म विपरित चालीएको कदमले लोकतान्त्रिक गणतन्त्र धरापमा परेको ठहर गरेको हो ।
संसदिय दलका नेता विरेन्द्रकुमार कनौडीयाले आइतबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपि शर्मा ओली लोकतन्त्र सिध्याउने बाटोमा रहेको बताउनु भएको हो । प्रधानमन्त्री ओलीमा सर्वसत्ताबादी महत्वाकाँक्षा भएकै कारण प्रतिनिधिसभा बिघटन गरेको उहाँले बताउनु भयो । संविधानको मर्म र भावना बिपरित प्रम ओलीले चालेको कदम बिरुद्ध एकजुट हुँदै लोकतन्त्रको रक्षामा जुट्न राजनीतिक दल,नागरिक समाज र संघसंस्थालाइ नेता कनौडीयाले अपिल गर्नु भएको छ ।

प्रकाशित मिति : आइतबार, पुष ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij