संविधानलाई लिकमा ल्याउन संसद पुर्नस्थापना उपयुक्त माध्यम : मानवअधिकार वादी नेता पहाडी

संविधानलाई लिकमा ल्याउन संसद पुर्नस्थापना उपयुक्त माध्यम : मानवअधिकार वादी नेता पहाडी

बुटवल-मानव अधिकारकर्मी कृष्ण पहाडीले मुलुकको निकासका लागि संसद पुर्नस्थापना एकमात्र विकल्प भएको बताउनु भएको छ ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व चकित भएको टिप्पणी गर्नुभयोे ।
नेपालको विकास र प्रगति देखेर विश्व चकित भएको भन्दै ओलीले शनिबार काठमाडौंमा गरेको भाषणप्रति ब्यङ्ग्य गर्दै पहाडीले ओली सरकारको विकासले नभएर उनको सनक र धुन्धुकारी प्रवृत्तिले विश्व चकित भएको दाबी गर्नुभयोे ।
‘ओलीजीले हिजो काठमाडौंमा भाषण गर्दै नेपालको विकास र प्रगति देखेर विश्व चकित भएको छ भन्नुभएछ’–वुमन केयर नेपालले आइतबार बुटवलमा गरको कार्यक्रममा पहाडीले भन्नुभयो–‘विश्व चकित त भएको छ, तर नेपालको प्रगति देखेर होइन, असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गर्ने ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर ।’
प्रतिनिधि सभा विघटनको घटनाले संविधान लिक बाहिर गएको र नेपाल अराजकताको संघारमा पुगेको पहाडीले औंल्याउनुभयो ।
प्रतिनिधि सभा पुनःस्थापना भए मात्रै संविधान लिकमा आउने तर्क गर्दै पहाडीले अन्यथा अर्को खिलराज रेग्मीको जन्म हुने र उसले पनि चुनाव गर्न नसक्ने दावी गर्नुभयो । ‘ओलीले मुलुकलाई अराजकतामा संघारमा पु¥याएका छन्’–उहाँले भन्नुभयोे–‘प्रतिनिधि सभा पुनस्थापना भयो भने संविधान लिकमा आउंछ,नत्र अर्को खिलराज रेग्मीको जन्म हुन्छ तर उसले पनि चुनाव गर्न सक्दैन र राष्ट्रपतिले संकटकाल लगाउदै सत्ता लम्ब्याउंदै जाने चक्र चल्छ ।’ संविधानमा व्यवस्था नहुंदा नहुंदै प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान, संसद र लोकतन्त्रमाथि आगो लगाएर देशलाई दुर्घटनामा लगेको पहाडीले बताउनुभयो । ‘हाम्रो संविधानले प्रतितनिधि सभा विघटनको परिकल्पना नै गरेको छैन, तर ओलीले संविधान च्यातेर देशलाई दुर्घटनामा लगे’–पहाडीले भन्नुभयो ।
बैसाखपछि प्रधानमन्त्री पनि अवैध हुने र त्यसपछि मुलुक अस्थिरता, विदेशीको क्रिडास्थल र सैनिकिकरणतर्फ जाने खतरा रहेको पहाडीको भनाई थियो ।
‘प्रतिनिधि सभा पुनस्थापना नभए संविधान फेल हुन्छ,बैसाखपछि प्रधानमन्त्री पनि अवैधानिक हुन्छन्’–पहाडीले भन्नुभयो–‘अस्थिरता शुरु भएपछि वैदेशिक शक्ति, क्षेत्रीयतावादी, जातिवादी जस्ता अतिवादी शक्तिहरुको उदय हुन्छ ।’
कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पुष्पा थरुनी,मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द संस्थाकी अध्यक्ष रीता केसी सचिव मीना जिसी कमला श्रीस सुमित्रा न्यौपाने, राममया पौडेल रमा खड्का लगायतले प्रतिनिधि सभा विघटनले नागरिकको आवाज र अधिकार समेत कुण्ठित भएकाले पुनस्थापनाका लागि सशक्त जनदवावको खांचो औंल्याए ।

प्रकाशित मिति : आइतबार, पुष १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij