सैनामैना
थारु समुदायको संस्कार संस्कृति भाषाभाषीको संरक्षण गर्न आवश्यक रहेको पूर्वसभासद् रुकमणी थारुले बताउनुभयो । थारु कल्याणकारिणी सभा सैनामैनाको अयोजनामा गरिएको माघी खिचडी महोत्सवको समारोहमा बोल्दै थारु कल्याणकारिणी सभा केन्द्रिय सभाका संगठन प्रमुख तथा पूर्वसभासद् रुकमणी थारुले थारु संस्कृतिको संरक्षण तथा जातीय पहिचान जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो ।थारु जातिको रहनसहन, बोलीचाली, कला संस्कृतिलाई जोगाई राख्न पछिल्लो पुस्तालाई हस्तान्त्रण गर्दै आफ्नो पहिचान बचाउन थारुहरु अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । पश्चिमा संस्कृतिको प्रभावले पछिल्लो समय थारु समुदायका बालबालिकासँग खास नेपाली भाषा बढी बोलिने गरिएको छ, त्यसकारण थारु भाषाको मृत्यु हुने हो की रु भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले ५ वर्ष देखिका कम उमेरका बालबालिका सिकाइको अवस्थामा हुने हुदाँ मातृ भाषा सिकाउन आग्रह गर्दै भाषा संरक्षण गर्न आग्रह गर्नुभयो ।

समारोहमा बोल्दै पूर्व संसाद थारुले थारुका हकहितको मुद्धा लिएर शान्तिपूर्ण अन्दोलन गरिरहँदा राज्यले थारुमाथि दमन गरेर टिकापुर घटना घटाएको आरोप लगाउनुभयो ।
टिकापुर घटना व्यक्ति विशेषको आन्दोलन नभएको भन्दै पूर्वाग्रही तरिकाले व्यक्ति विशेषलाई पक्राऊ गरी जेल हाल्ने काम भएको आरोप लगाउनुभयो ।
टिकापुर घटनामा मुछिएका रेमश चौधरी सहितका अन्यलाई अदालतले आजिवन काराबासको फैसला सुनाएकोमा थारुलाई राज्यबाट नै दमन गरेको बताउनुभयो । सरकारले थारुहरुलाई नियोजित तारिकाले थारुमाथि दमन, हेपहा, जेल हाल्ने जस्तो व्यवहार देखएकोमा थारु युवाहरु सचेत रहन आग्रह गर्दै अन्याय विरुद्ध एकजुट भएर लड्नुपर्नेमा जोड दिनुभयो ।उहाँले अब थारुहरु हातमा हतकडी र मुखमा दहीँ जमाएर नबस्ने सरकारलाई चेतावनी दिनुभयो ।
आफ्नो अधिकारका लागि थारु पुर्खाहरुले दिएको बालिदानको रक्षाका लागि थारुहरु अब शान्तिपूर्ण, वैचारिक र सैद्धान्तिक तारिकाले लड्नुपर्ने समय आएको थारुले बताउनुभयो ।
पार्टी भन्दा जाति ठूलो जाति भन्दा माटो ठूलो भन्ने नारा सहित नेपाल हाम्रो देश हो थारुहट हाम्रो घर हो भन्दै थारुहरुको हकअधिकार स्थापित गर्न थारुहरु एकताबद्ध भएर लाग्न सभासद् थारुले अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेशका संसाद पुष्पा थारुले थारु जाति हरेक तह तप्कामा पुग्न जरुरी रहेको बताउनुभयो । उहाँले थारु समुदायमा परिवर्तन आवश्यक रहेकाले शिक्षा, राजनितिक, आर्थिक र सामाजिक क्षेत्रमा अब्बल र सक्षम हुनपर्नेमा जोड दिनुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले थारु संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले सैनामैना २ मा निर्माणधिन अवस्थामा रहेको थारु होमस्टेलाई सम्पन्न गर्न नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको बताउदैँ होमस्टेको केही दिनमा विधिवत् रुपमा उद्घाटन गरिने बताउनुभयो । होमस्टेबाट आर्थिक उपार्जनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।नेपाली काँग्रेस सैनामैनाका नगरसभापति रामप्रसाद अधिकारीले संस्कृतिक विविधिताले भरीपूर्ण थारु जातिको गौरवमय इतिहासलाई संरक्षण गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद रामबली चौधरीले थारुहरुले आफ्नो भाषा, कला, संस्कृति, भेषभुषामा मात्र सिमित नरहेर हरेक क्षेत्रमा अग्रसर हुदैँ परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका जिल्ला सदस्य लक्ष्मी चौधरी, थारु कल्याणकारिणी सभा सैनामैनाका सल्लाहकार रामकृपाल चौधरी, आदिवासी जनजाति संघ सैनामैनाका उपाध्यक्ष नजर कुमारी श्रेष्ठ लगायतले बोलेका थिए ।समारोहमा थारु जातिका लोक संस्कृतिक नृत्य साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । मेलामा थारु परिकारहरु ढिकरी, माछा, घोघी, कछुवाको मासु, अनदीको भुजा, लगायत थारु परिकारको प्रर्दशन समेत रहेको छ । ।
कार्यक्रम थारु कल्याणकारिणी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारुको अध्यक्षता तथा सचिव चन्द्रमान चौधरीको संचालनमा सम्पन्न भएको थियो ।सैनामैना वार्ड नंं ७ गोरावलमा पुष २३ गते गते देखि ३ दिने खिचडी महोत्सव अयोजना भएको थियो ।
प्रकाशित मिति : शनिबार, पुष २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्