ओली समयको पछि पछि लतारिने व्यक्ति हुनः नेपाल,श्री ३ बन्न ओलीले संविधानको हत्या गरे:प्रचण्ड

ओली समयको पछि पछि लतारिने व्यक्ति हुनः नेपाल,श्री ३ बन्न ओलीले संविधानको हत्या गरे:प्रचण्ड

बुटवल

संविधान विपरित गरीएको प्रतिनिधि सभा बिघटन बिरुद्ध नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले बिहीबार बुटवलमा बिरोध सभा गर्यो । लुम्बिनी प्रदेश स्तरीय बिरोध सभामा प्रदेशका बिभिन्न जिल्लाबाट हजारौ नेता कार्यकता सहभागी थिए ।

बुटवलको पुष्पलाल पार्कमा गरीएको बिरोध सभालाइ सम्बोधन गर्दै अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपीशर्मा ओली समयको गती र प्रवाह बुझन नसक्ने व्यक्ति भएको बताए । समयको गतीलाइ बुझन सक्ने क्षमता नभएकाले ओली जहिले पनि समयको पछि पछि लतारीने गरेको नेता नेपालले बताए ।

’ओली न समयको गतीलाइ बुझन सक्नुहुन्छ न राम्रो काम गर्नुहुन्छ, खाली पछाडी बसेर अरुको बत्खुवाइ गर्न गर्नुहुन्छ’ नेता नेपालले भने । ओलीले बैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी पनि असफल हुने उनले बताए । २०६२÷०६३ को आन्दोलनका बेला गणतन्त्र ल्याउनु बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भन्ने ओलीको भविष्यवाणी असफल भएको थियो । यसअघिका कुनैपनि न्यायपुर्ण आन्दोलनमा अगुवाइ नगरेको भन्दै उनले ओली लोकतन्त्र बिरोधी भएको पनि आरोप लगाए ।

म नै सिंगो राष्ट्र हुँ भन्ने अहंकारले मैमत्त भएका ओलीले बकबक मात्रै गर्न जानेको पनि नेता नेपालले बताए । ‘हामी भन्छौं अली कम बोल्नुस काम धेरै गर्नुस तर उहाँ राम्रो काम गर्नै नजान्ने,खाली बकबक बकबक गरीरहनुहुन्छ’ नेपालले भने । आम नेपाली जनता मात्रै नभइ उनकै छत्रछायामा पालिकाहरु पनि ओलीसंग वाक्कदिक्क परेको भन्दै नेपालले प्रम ओलीलाइ राम्रो संस्कार सिक्न सुझाव दिए । अव पनि आफुलाइ नसुधारे ओली र ओली प्रवृत्तिलाइ इतिहासले हुत्याइदिने दावी उनले गरे । निर्वाचन आयोगले निर्णय दिएपछि ओलीको जालझेलमा परेकाहरु पनि चिन्तीत भएको भन्दै उनले मुल घर फर्कन भन्दै आग्रह गरे । अरुको घोचपेचमै रमाउने ओली झुठो बोल्न र जालझेल गर्न माहिर रहेको भन्दै नेपालले नवौं महाधिवेशनमा पनि जालझेल गरेरै जितेको उल्लेख गरे ।

श्री ३ बन्ने सपना दुइ महिनामा चकनाचुर हुनेछ:प्रचण्ड

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफु श्री ३ बन्नकै लागि संविधानको हत्या गरेको आरोप लगाए । संविधानको हत्या गरेर जनमतको अपमान गर्दै ओली श्री ३ बन्ने बाटोमा लागेको भन्दै उनले ओलीको त्यो चाहाना केही महिना भित्रै ध्वस्त पारीदिने दावी गरे । बिहिबार बुटवलको बिरोध सभालाइ सम्बोधन गर्दै दाहालले भने ‘केपि ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछ । हेर्नुहोला केही महिना भित्रै ओलीको स्वेच्छाचारीताको अन्त्य हुनेछ,नेपाली जनताको जित हुनेछ’ । आफैले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्ति निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए ।

संसद बिघटन गर्दै फेरी एकपटक देशलाइ निरंकुशता र तानाशाही तिर फर्काउने कुचेष्टा गरीएको उल्लेख गर्दै उनले नरंकुश राणा र राजतन्त्रलाइ लात्ताले हानेर श्रीपेच खोसेका जनताले नै ओलीलाइ पनि लेखेट्ने दावी गरे । ओलीको कदमलाइ परास्त गर्दै देशलाइ समृद्धिको यात्रामा हिँडाउने प्रतिवद्धता उनले पटक पटक दोहोरयाए ।वैशाखको चुनावको रटान जनता झुक्काउन गरीएको खेल मात्रै भएको दाहालको भनाइ थियो ।

अदालत प्रति शंका व्यक्त गर्न नचाहेको भन्दै उनले सबैभन्दा ठुलो अदालत जनता भएकाले जनताकै साथले लोकतन्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सफल हुने विश्वास व्यक्त गरे । पार्टीले अहिले सडकमा गरेको बिरोधका कार्यक्रम न्याय,स्वतन्त्रता, समावेसी लोकतन्त्र र संविधानको रक्षाकालागि भएको दाहालको बताए ।

ओली घनघोर राष्ट्रघाती हुन:ज्ञवाली

नेता युवराज ज्ञवालीले प्रम ओली संघीयता, गणतन्त्र र लोकतन्त्र मास्नकालागि ओलीले संसद बिघटन गरेको बताए । देशमा निरन्तर अस्थिरताको खेती गरेर मुलुकलाइ कमजोर बनाउन संसद बिघटन गरेकाले जनताले कुनै हालतमा त्यसलाइ स्वीकार गर्न नसक्ने उनले बताए । ओलीले चुनावको रटान लगाउनु बकवास मात्रै भएको भन्दै उनले अव केपी ओली बिनाको सच्चा मास्कबादी,समाजबादी कम्युनिष्ट पार्टी बन्ने र त्यसले मुलुकलाइ सहि दिशामा लैजाने दावी पनि गरे ।

ओलीमा बैचारिक ज्ञान र शक्ति नै छैन: पुन

सभालाइ सम्बोधन गर्दै नेता बर्षमान पुनले प्रम ओलीमा बैचारिक ज्ञान र शक्ति नै नभएको बताए । जनयुद्ध सहित अन्य जनआन्दोलकै बलले आलीलाइ प्रमको कुर्सीमा पुरयाएको भन्दै पुनले ती आन्दोलन र जनयुद्धको अपमान गर्नु हास्यास्पद रहेको बताए । ‘ओलीजी हिम्मत छ भने बिचारको राजनीतिमा आउनुस । लोकतन्त्र मासेर दलाल नोकरसाही र बिचौलीयाहरुको पार्टी खडा गर्ने आफु सबैसर्बा हुने कुबाटोमा नलाग्नुस’ नेता पुनले भने । प्रतिगमन नसच्चिदा सम्म र संविधान सुरक्षित नहुँदा सम्म आन्दोलन नरोकीने पुनले बताए ।

ओलीलाइ घुडा टेकाएर छोडिन्छ: भुसाल

स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीले निरङकुशता लाधेर आफु शक्तिशाली बन्न सनकका भरमा मुलुकलाइ बर्बादी तर्फ धकेलेको बताए । संविधान कुल्चेर प्रतिनिधि सभा बिघटन गरेकाले ओलीलाइ कुनै हालतमा सफल हुन नदिने भन्दै उनले घुटा टेकाएरै छोडने दावी गरे । प्रम ओलीलाइ इतिहासका राणा र राजाको प्रेत आत्मासंग दाज्दै भुसालले ओलीको निरङकुश प्रेत बिरुद्ध जनता सडकमा आइसकेकाले छिट्टै ठेगान लाग्ने बताएका थिए । ‘ओलीको निरंकुश कदमलाइ सडकबाट,अदालतबाट सबैसबै ठाँउबाट हराउछौं, घुटा टेकाएरै छोडछौं’ नेता भुसालले भने । प्रधानमन्त्री बनेपछि ओलीले पार्टी, जनता सांसदहरुलाइ पाखा लगाएर भ्रष्ट,दलालहरुसंग मिलेर मुलुकलाइ बर्बादी, अस्थिरता तर्फ धकेल्न संविधानको हत्या गरेको आरोप लगाए । जसका कारण ओली पार्टी भित्रै एक्लीदै गएको बताए । ‘आफनै पार्टी भित्र एक तिहाइको पनि विश्वास जित्न नसक्ने व्यक्तिले के को फुर्ती लाउनु उनीसंग देशको प्रधानमन्त्री बन्ने हैसीयत नै छैन’ नेता भुसालले भने । कार्यक्रममा नेताहरु ओनसरी घर्ती, ठाकुर गैरे, चन्द्रप्रकाश खनाल लगायतले सम्बोधन गर्दै संविधान कुल्चेर गरीएको संसद बिधटनको कदम नसच्चिए सम्म आन्दोलन नरोक्ने बताए । नेताहरुले बैशाखको चुनावको रटान जनता झुक्याउन गरीएको नाटक मात्रै भएको पनि दावी गरे ।

बिरोध सभा बुटवलको पुष्पलाल पार्कमा भएको थियो । कार्यक्रम स्थलको चारैतिरबाट जुलुस निकालीएको थियो । आम सभा अघि राजमार्ग चौराहा,रामनगर,जितगढी र गोलपार्कबाट निस्केको जुलुसले ओली सरकार बिरुद्ध नाराबाजी गर्दै कार्यक्रम स्थल अस्पताल लाइनमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।

प्रकाशित मिति : बिहिबार, माघ १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij