भैरहवामा आज नेपाली कांग्रेसको बिरोधसभा

भैरहवामा आज नेपाली कांग्रेसको बिरोधसभा

सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने

 

भैरहवा-नेपाली कांग्रेस रुपन्देहीले आज   ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गर्दैछ । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा कांग्रेसका बिरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेस रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व रक्षामन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री केपि शर्मा ओलीले संबिधान र लोकतन्त्र माथि नै घात गरेकाले नेपाली काँग्रेसले त्यसको बिरोधमा उत्रेको बताए । संविधान प्रदत्त मौलिक अधिकारहरुको समेत हनन गरी देशमा कम्युनिष्ट शासन सत्ता कायम गर्न प्रतिनिधि सभा बाधक बनेकाले ओलीले सनकको भरमा संसद नै बिघटन गरीदिएको पुर्वरक्षा मन्त्री समेत रहेका खाँणले भने । लोकतन्त्र र संंविधानको रक्षा गर्दै कम्युनिष्ट सरकारको अधिनायकबाद र सर्बसत्ताबाद बिरुद्ध नेपाली काँग्रेसले बिरोध कार्यक्रम आयोजना गरेको नेता खाँणले बताए ।

कार्यक्रम बारे जानकारी दिन आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले बिरोध सभालाइ पार्टीका केन्द्रिय सभापति शेरबहादुर देउवा सहित केन्द्रिय सदस्य बालकृष्ण खाँण, संघिय संसदका लेखा समिति सभापती भरत कुमार शाह लगायतका नेताहरुले सम्बोधन गर्ने जानकारी दिए । सोमबार बिहान ११ बजे देखी भैरहवाको बुद्धचोकबाट ¥यालीको आयोजना गरि नारायणपथ, मिलनचोक हुदै हनुमान मन्दिरमा पुगेर बिरोध सभाको आयोजना हुने जिल्ला सभापति रज्जाकले जानकारी गराए ।

कार्यक्रममा स्वतःस्फूर्त रुपमा हजारौं जनता सहभागी हुने उनले बताए । कम्युनिष्टहरुले पैसाको भरमा भिड जम्मा गरे पनि कांग्रेसले त्यस्तो नगर्ने उनको भनाई थियो ।

ओली सरकारको प्रतिगामी कदमको बिरोधमा र संविधानको रक्षाको लागी सबै लोकतान्त्रिक शक्तिहरुलाई कांग्रेसको बिरोध सभाप्रति ऐक्यवद्धता जनाउन भोलीको कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस रुपन्देहीले आव्हान समेत गरेको छ ।

 

प्रकाशित मिति : आइतबार, फाल्गुन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij