प्रजातन्त्र दिवसको अवसरमा कांगेस तिलोत्तमाद्धारा जेष्ठ नागरिक सम्मान

प्रजातन्त्र दिवसको अवसरमा कांगेस तिलोत्तमाद्धारा जेष्ठ नागरिक सम्मान

तिलोत्तमा

७१औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांगेस तिलोत्तमा वडा नं २ ले जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। तिलोत्तमा वडा नं २ मा बसोबास गर्ने ८०वर्ष माथिका १२० जना वृद्ध हरुलाई टिका र दोसल्लाले सम्मान गरिएको हो। मानविय र सामाजिक कार्यमा जेष्ठ नागरिक लाई सम्मान गर्दै गर्दा छोरा छोरीले आमा बुवालाईमाया गर्नु पर्छ भन्ने भाव को विकास पनि हुने हुदा जन्मिय पछि सबैको वृद हुने दिन आउछ तसर्थजेष्ठ नागरिक पुस्तालाई कसरी हासिखुसि राख्न सकिन्छ भन्ने उद्देश्यले यो सम्मान गरिएको हो। नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाणले जेष्ठ नागरिक लाइ सम्मान गर्दै लोकतन्त्रले युवा,महिला जेष्ठ नागरिक लाई नेपाली कांग्रेसले सम्मान गर्ने गर्ने बताउनु भयो।

नेपाली कांग्रेसको विधान अनुसार पार्टिमा जेष्ठ राजनीतिक लाई सम्मान गर्ने पार्टीको विधानव्यवस्थाले नै सम्मान सम्बत गरिएको बताउनु भयो। खाणले नेपाली कांग्रेस नै नेपाल को मुल पार्टी हो नेपाली कांग्रेसले लोकतन्त्र को रक्षागर्छ,संविधानको रक्षा गर्नको लागि नेपाली कांग्रेस बलियो हुनुपर्ने बेला आएको बताउनु भयो। नेपाली जनताको रक्षाको लागि सरकार गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो। कोरोनाले तहसनहस पारेको बेला सरकार ले नागरिक को कत्ति पनि रक्षा नगरि भागबन्डा झगडागरेको छ कम्युनिष्टको झगडामा नेपाली कांग्रेस नमुछिने बताउनु भयो। खाणले भन्नु भयो नेपाली कांग्रेस जनताको पार्टी हो। जनतालाई सम्मान गर्ने पार्टी र जनता लाई मालिक मान्ने पार्टी भएको हुदा जनताका लागिराजनीति मा सक्रिय हुने बताउनु भयो। यो देश को सिद्धान्त र हितका लागि पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताउनु भयो। आम नेपाली लाई सरकारको अफसलता नागरिकले कष्ट भोग्नु परेको छ खाणले भन्नु भयो। नेपाली कांग्रेस तिलोत्तमा वडा नं २ का सभापति तिर्थ राज पौडेलको अध्यक्षता मा भएकोकार्यक्रममा नेपाली कांग्रेस बुटवल उपमहानगर पालिकाका सभापति खेलराज पाण्डे, नेपालीकांग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डे शुभकामना दिनु भएको थियो ।नेपाली कांग्रेसतिलोत्तमा वडा नं २ का सचिव अशिम थापाको संचालन मा सम्मान कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij