काठमाडौं : नेपाली कांग्रेसको प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक परिषद्को अध्यादेश स्वीकार गर्न नसकिने बताएका छन्। पुनर्स्थापित संसदको आज बसेको पहिलो बैठकमा उनले भने, ‘यो अध्यादेश असंवैधानिक छ, त्यो अगाडि बढ्न सक्दैन। तत्काल फिर्ता लिनुहोस्।’
त्यसअघि सचेतक पुष्पा भुसालले संवैधानिक परिषद्को अध्यादेश संविधानको भावनाविपरीत भएको बताएकी छन्। ‘सरकार संसद विघटनपछिको पहिलो बैठकका प्रधानमन्त्री अनुपस्थिति हुनुभयो। संवैधानिक परिषदमा संविधानविपरीत अध्यादेश अगाडि बढाउन मिल्दैन’, उनले भनिन्।
संवैधानिक परिषद् प्रधानमन्त्रीले नियुक्ति नगर्ने उनले बताइन्। ‘संवैधानिक परिषद् नियुक्ति संविधानको भावनाविपरीत गरेका छन्।।त्यो अध्यादेश तत्काल फिर्ता लिनुपर्छ। त्यसको सरकार समर्थन गर्दैन’, उनले भनिन्।
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्