कपिलवस्तु ।
नेपाली सेना सवार ट्रकले ठक्कर दिदाँ कपिलवस्तुमा एक युवकको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा ९ चम्पापुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका वडा ५ निवासी २० वर्षीय भुवन पाण्डेको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको नेपाली सेना सवार बा १ ग २४२३ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको लु ३६ प ४५९८ नम्बरको मोटरसाइकललाई मंगलवार दिउँसो ठक्कर दिएको जनाइएको छ ।
ट्रकको ठक्करवाट अर्का एक जना २१ वर्षीय अमृत रोका मगर घाईते भएका छन् । घाइतेको खुट्टामा गम्भीर चोट लागेको ईलाका प्रहरी कार्यालय गोरुसिगेका प्रहरी निरिक्षक कृष्ण रानाले बताए ।
प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्