नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दैछ। पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको हो।

आगामी महाधिवेशनको तयारी र समसामयिक परिस्थितिबारे कांग्रेसको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पछिल्ला केही दिनयता पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै अन्य राजीनितक दलसँग सहकार्य गरेर प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गरी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउँदै आएको छ।

सभापति शेरबहादुर देउवा भने तत्काल सरकारमा जानेबारे खुलेर बालेका छैनन्। उनले सरकारमा जान हतार नगर्ने र जिम्मेवारी आइ लागे अस्वीकार पनि नगर्ने अभिव्यक्ति दिँदै आएका छन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जनता समाजवादी पार्टीले समेत प्रष्ट निर्णय गरिनसकेकाले प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्ने परिस्थिति बनिनसकेको देउवाले बताउँदै आएका छन्।

यसअघि आइतबार पौडेल निवास बोहोराटारमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले अब सरकारको नेतृत्व कांग्रेसले लिनु पर्ने र यसका लागि सभापतिमाथि दबाब बढाउने निष्कर्ष निकालेको थियो। सरकार फेर्ने विषयमा यसअघि माओवादी केन्द्र र जसपाका नेताहरुले कांग्रेससँग संयुक्त छलफल गर्ने तयारी गरे पनि कांग्रेसले टारिदिएको थियो

प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij