काठमाण्डौ
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
केन्द्रीय समितिले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्षरत नवीन्द्रराज जोशीको निधनले मर्माहत र स्तब्ध भएको जनाएको छ । कांग्रेसले विज्ञप्तीमार्फत नेपाली कांग्रेसले एक कुशल संगठक र सिङ्गो देशले एक क्षमतावान नेतृत्वलाई गुमाएको उल्लेख गर्दै जोशीको निधनबाट पार्टी र देशलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
स्वर्गीय जोशीको सम्मानस्वरुप कांग्रेसले चैत १५, १६ र १७ गते सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ । १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पनि कांग्रेसले जनाएको छ ।
मस्तिष्कघातको उपचार गराइरहेका कांग्रेस नेता नविन्द्रराज जोशीको हिजो राति निधन भएका थियो।
प्रकाशित मिति : शनिबार, चैत्र १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्