रुपन्देही सुनचाँदी व्यवसायी संघमा राम किसन विश्वकर्माको नेतृत्व

रुपन्देही सुनचाँदी व्यवसायी संघमा राम किसन विश्वकर्माको नेतृत्व

बुटवल-रुपन्देही सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राम किसन विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन् । संघको शनिबार रुपन्देहीको तिलोत्तमामा सम्पन्न वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट राम किसन विश्वकर्मा अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो  । एम बि विश्वकर्मा निवर्तमान अध्यक्ष रहनुभएको संघको वरिष्ठ उपाध्यक्षमा यसरत्न बज्राचार्य,प्रथम उपाध्यक्षमा किशोर कुमार सुनार, द्धितिय उपाध्यक्षमा गोपाल रामदाम , महासचिवमा सिताराम रसाइली, कोषाध्यक्षमा मनोज सेन्चुरी, सचिवमा रेवन्त बिश्वकर्मा र सह कोषाध्यक्षमा संजय सेन्चुरी निर्वाचित भएका छन् । त्यसैगरि सदस्यमा सुरज बराल,तिलक लोहनी,सुखराम वर्मा,मात्रिका गहतराज,राजन बिश्वकर्मा,हेम बहादुर बिश्वकर्मा,ठाकुर सुनार,उत्तम घताने सर्वसमतिले निर्वाचित भएको निर्वाचन आयुक्त बाबुराम बिश्वकर्माले जानकारी दिए। मनोनित सदस्यमा राजु बिक र मनिराम सुनार छन् । कार्यक्रममा नेपाल सुनचाँदी व्यावसायि महासंघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष अर्जुन रसाइली,सुनचाँदी बिज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी, सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा लगायतले निर्बाचित समितीलाई शुभकामना ब्यक्त गरे ।
यस अघि उदघाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दैै पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता छविलाल विश्वकर्माले सुनचाँदी व्यवसाय नेपालको बिशिष्ट प्रकारको पेशा व्यवसाय भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सरकार सहयोगी बन्नुपर्ने बताएका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न ब्रज्रचार्यले सुन व्यवासय अन्य पेशा व्यवसाय भन्दा फरक भएकाले सरकारले छुट्टै निति बनाएर समस्या संवोधन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : आइतबार, चैत्र १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij