तिलोत्तमा –तिलोत्तमा बहुमुखी सहकारी (टिएमसि) संस्थाले निशुल्क बृहत स्वास्थ्य शिबिरको आयोजना गएको छ ।मर्यादित व्यबसाय र प्रबिधिमा सहकारी भन्ने मूल थिमका साथ मनाउन लागिएको ६४ औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा श्री तिलोत्तमा बहुमुखी सहकारी (टिएमसि) संस्था लि ति न पा -२ ले आफ्नो सेवा केन्द्र शुद्धोधन -५ मानपकडिको भगलापुर मा बि मा निशुल्क बृहत स्वास्थ्य शिबिरको आयोजना गएको हो। संस्थाको आफ्नो वार्षिक क्यालेन्डर अनुसार हरेक बर्ष आयोजना गर्ने यो स्वास्थ्यशिबिर ६ बर्ष देखि जिल्लाभर बिभिन्न स्थानमा निरन्तर गर्दै आइरहेको छ । ५३५ जना स्थानीय जनताहरूले स्वास्थय्लाभ लिएको आयोजकबाट जानकारी प्राप्त भएको छ । संस्थाको आयोजना , टिएमसि सिस्टर्स सोसाइटीको व्यबस्थापन र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज ( युसिएमएस) को प्राबिधिक सहयोगमा मुटु, छाला तथा यौन रोग , स्त्री तथा प्रसुति, बालरोग, हाडजोर्नी तथा नशा, दाँत मुख तथा गिँजा , जनरल फिजिसियन, जस्ता विभिन्न रोग विशेषज्ञ सहित सुगर,युरिक एसिड , इसिजि , लगायतका सेवाहरू उपलब्ध गराइएको र १ लाख भन्दा बढिको औषधी बितरण गरिएको छ । कार्यक्रममा टिएमसिका अध्यक्ष माधवलाल देवकोटाले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय जनताको स्वास्थ्यसेवाका लागि स्वास्थ्य शिबिर र सदस्यको उपचारको लागि उपचारमा छुटको व्यबस्था , पर्यावरणका लागि पार्क निर्माण , सुत्केरीका लागि सुत्केरी पोषण खर्च , २ लाख बराबरको सदस्य दुर्घटना बिमा , मृत्युु हुँदा किरिया खर्च , महिलाको नेतृत्व बिकासका लागि तालिम , आत्मनिर्भरताका लागि सिपमूलक र आय मुलक तालिम लगायतका कार्यहरू गर्दै आइरहेको छ भन्ने जानकारी गराउदै सबैको सकारात्मक सोच र चिन्तन्बाट मात्र यो संस्थाले ३६०० शेयर सदस्य थप सहित सफल भएको र ५५ करोड भन्दा माथिको कारोबार गर्न सफल भएको बताए। सहकारी प्रबिधि मैत्री रहेको हुँदा शेयर सदस्यले सुचना प्राप्त गर्न र कारोबारको लागि सहकारीको आफ्नै एप्स , esewaa , khalti, E counter payment, QR code, fonepay, लगायत प्रबिधिको प्रयोग गर्न सकिने जसको प्रयोगबाट बिद्युत , खानेपनि ,टेलीफोन , मोबाइल , नेट,लगायत महसुल बुझाउन र रिचार्ज गर्नका लागि तथा बैंक बाट सहकारीमा र सहकारी बाट बैंकमा रकम पठाउन र झिक्न मोबाइलबाट सजिलै सकिने गरी प्रबिधि जोडिको पनि अध्यक्ष देवकोटाले बताए। प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय पुष्पा थरूनीले अधिकांश सहकारीहरू केवल बचत गर्ने र ऋण दिने काममा मात्र सिमित देखिएको अवस्थामा टिएमसिले आफ्ना सदस्यको मात्र नभई आम समुदाय प्रति चासो राखेको र स्वास्थ्य शिबिर संचाल्न गरेर समुदाय प्रतिको आफ्नो उत्तरदायित्व प्रति जिम्मेवारी बोध गरेको छ , त्यति मात्र होइन यसले महिला सशक्तीकरणका लागि गरेका नेतृत्व बिकास र आत्मनिर्भर बनाउने कार्य सह्रानीय रहेको बताइन।त्यस्तै मर्यादित व्यबसाय र प्रबिधिमा सहकारी भन्ने राष्ट्रिय सहकारी महासंघले अगाडि सारेको थिमलाई टिएमसिले आत्मसात गर्दै अगाडी बढिरहेको हुँदा टिएमसिको लक्षित यात्रा र गन्तव्य मा सजिलै पुग्न सक्ने मा आफु बिश्वस्त रहेको बिशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका संचालक रामकृष्ण खाणले बताए । UCMS मेडिकल कलेजका प्रशासन प्रमुख तेज कुमार के सी ले टिएमसि संगको निरन्तर ६ बर्ष देखि हामि सहकार्य गर्दै बिभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आइरहेको र आउने दिनमा पनि सहकार्य यसरी नै अगाडि बढ्दै जाने बताउदै टिएमसिका शेयर सदस्यको उपचारमा ५ देखि २५ प्रतिशत सम्म छुटको व्यबस्था गरिएको बताए । साथै यहि अवसरमा आफूले टिएमसि को शेयर सदस्य लिएर म पनि यो सहकारीको मालिक बन्न पाउदा खुसि लगेको बताए । संस्थाका सचीव पार्वती थापाको संचालन र उपाध्यक्ष हरि प्रसाद तिवारीको स्वागत रहेको उक्त कार्यक्रममा संस्थाका सदस्य तथा कार्यक्रम संयोजक लोम किशोर आचार्य , टिएमसि सिस्टर्स सोसाइटी सचिवालय समितिकी अध्यक्ष यादा क्षेत्री, शुद्धोधनकी सचिव रेश्मासिंह ठकुरी , भगलापुर माबिका बिद्यालय व्यबस्थापन समितिका सदस्य भिम बहादुर सुनार लगायतले मन्तब्य ब्यक्त गरे ।साथै टिएमसिले चैत्र २७ ,२८र २९ गते महिलाहरूका लागि नेतृत्व बिकास तालिमको आयोजना गर्ने जानकारी गाराएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्