मेघ गर्जनसहित देशका विभिन्न स्थानमा वर्षा, प्रदूषण घट्ने अनुमान

मेघ गर्जनसहित देशका विभिन्न स्थानमा वर्षा, प्रदूषण घट्ने अनुमान

काठमाडौं : लामो समयको खडेरीपछि बुधबार बेलुकी काठमाडौंमा सामान्य वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौ उपत्यकालगायत प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ। अन्य केही स्थानमा भने मेघगर्जनसहित वर्षा भएको विभागले जनाएको छ।

पछिल्लो साता विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा रहँदै आएको थियो। वल्ड एयर क्वालिटी रिपोर्टमा बुधबार साँझसम्म काठमाडौं प्रदूषित सहरको पहिलो नम्बरमा थियो।

वर्षाले वायु प्रदूषणलाई केही सुधार हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। वनमा लागेको डढेलो कायम रहे पर्सिबाट फेरि प्रदूषण अहिलेकै अवस्थामा फर्कने पनि उनले बताइन्। यद्यपि ठूलै पानी परे डढेलो पनि नियन्त्रणमा आउने उनले बताइन्।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको थियो। देशका पहाडि भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij