तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालीका १६ मा रहेको पशुपति कलेजको व्यवस्थापन समितीको अध्यक्षको लागी अर्चित श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन । चैत्र २८ गते भोली हुने व्यवस्थापन समितीको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्धवारी रेहेको उनले बताए । कलेजको दिगो बिकास तथा शिक्षाको गुणस्तर बृद्धिको लागी आफ्नो उम्मेद्धवारी रहेको बताउदै उनले कलेजको समृद्ध बिकासको लागी आफुले ९ बुदे प्रतिवद्धता समेत सार्वजनीक गरेका छन । तिलोत्तमा नगरपालीका कोटिहवाका स्थायी बासिन्दा श्रेष्ठ यस अघि विभिन्न क्लव तथा संघ सस्थाहरुका आफ्नो कुशल नेतृत्व प्रस्तुत गरि सकेका छन । श्रेष्ठको प्यानलबाट उपाध्यक्ष पदमा विष्णु खनाल, सदस्य पदमा क्रमश ः प्रकाश गैरे, भविसरा राना, चोमाकुमारी सारु, शेरबहादुर थापा, डिल्लीराम अर्याल(राजु) र थपन क्षेत्री रहेका छन । सक्षम, इमान्दा र सशक्त युवाको हातमा नेतृत्व भएमा मात्रै हरेक क्षेत्रमा सकारात्मक परिर्वतन हुने भन्दै व्यवस्थापनमा आफ्नो उम्मेद्धवारी रहेको बताउदै उनले आफु लगायत आफ्नो सिङ्गो प्यानललाई अत्याधिक मत प्रदान गर्दै बिजयी बनाउन अनुरोध गरे । मार्केटिङ्ग तथा अन्तराष्ट्रिय व्यवसायीक अध्ययन बिषयमा एम.बि.ए सम्मको अध्यनन सकेको श्रेष्ठ तिलोत्तमाको भलवारीमा रहेकोे सेन्ट जोसेफ हाई स्कुलका संचालक तथा व्यवस्थापन समुह संयोजक समेत हुन । युवा व्यवसायी समेत रहेका श्रेष्ठ तिलोत्तमा कोटिहवामा रहेको तिलोत्तमा अर्गानिक फार्म तथा रिसर्च सेन्टर प्रा.ली, मेट्रो ट्रड लिंक व्यवसायीक समुह प्रा.लीका निर्देशक तथा अन्तराष्ट्रिय सामाजीक सस्था DOT GLASS का प्रदेश प्रमुख समेत हुन । कलेजका सबे गतिविधिहरुमा पहुँच, सहभागीता, पारदर्शिता र जवाफदेहीता सुनिश्चितता गर्दै पशुपति क्याम्पसलाई नेपालकै नमुना क्याम्पस बनाउन आवश्यक भौतिक संरचना , पुस्तकालय, प्रयोगशालाको व्यवस्थापन गर्दै क्याम्पसलाई विज्ञान प्रविधिमा अगाढि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्