प्युठान
मङ्गलवार नयाँ वर्षको दिन भ्रमणका लागि स्वर्गद्वारी आएको लु १ ज १६५५ नम्बरको जीप प्युठान स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित तीन जनाको ज्यान गएको छ ।
जीपका चालकसहित दुईजनाको घटनास्थल र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारका क्रममा ज्यान गएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए। घटनामा अन्य ११ जना घाइते छन् ।
घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिएका छन
जीप स्वर्गद्वारी जाँदै गर्दा मङ्गलवार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको भुषालले बताए। घटनामा केही गम्भिर घाइते छन् ।
प्रकाशित मिति : बुधबार, बैशाख १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्