भलाई कोषमा ७५ जनाद्वारा रक्तदान

भलाई कोषमा ७५ जनाद्वारा रक्तदान

बुटवल-यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले आफ्नो ४७ आं स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोषको कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।
संस्थाका मानार्थ सदस्य एवं पुर्व अध्यक्ष कुमार थापाले अध्यक्ष फुल्लेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस अवसरमा उनले रक्तदान जस्तो मानवीय र पवित्र कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै उनले कोभिड महामारीको समयमा रगतको अभाव हुन सक्ने भन्दै अभावलाई पूरा गर्न पनि रक्तदान कार्यक्रम फलदायी सावित हुने बताए । कार्यक्रममा कोषका पदाधिकारी, सदस्य, कर्मचारी, मजदूर तथा व्यवसायीले रक्तदान गरेका थिए ।
कोषले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी रक्तदान कार्यक्रम गरेको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिइने अध्यक्ष फुल्लेलले बताए । कोषका उपाध्यक्ष छवि थापाले रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिताले कोषलाई हौसला मिलेको बताए । बिरामीहरुलाई रगतको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कोषका महासचिव योग गुरुङले जानकारी दिए ।

 

प्रकाशित मिति : शुक्रबार, बैशाख ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij