नयाँ शक्तिको बुटवल उपमहानगरमा भुषालको नेतृत्वमा ५१ सदस्यीय समिति गठन

नयाँ शक्तिको बुटवल उपमहानगरमा भुषालको नेतृत्वमा ५१ सदस्यीय समिति गठन

बुटवल । नयाँ शक्ति नेपाल पार्टीको पार्टी केन्दको ५ महिना ५ काम ५ परिमाणलाई सफल बनाउनका लागि नयाँ शक्ति बुटबल उपमहानगरपालिकाले बामदेब भुषालको नेतृत्बमा ५१ सदस्यीय अभियान परिचाल समिति गठन गरेको छ ।

आइतबार बुटबलमा बसेको पार्टीको नगर भेलाले अभियानलाई सफल बनाउनको लागि बामदेब भुषालसहित ७ सदस्यीय सचिबालय सदस्य पनि चयन गरेको छ । सदस्यहरुमा बुटबल उपमहानगरपालिका संयोजक प्रेम बहादुर अर्याल, बिजय ढकाल, टिकाराम पौडेल, तेज बहादुर राना, नबिना गैरे र सुनिता बराल रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रदेश नं. ५ का संयोजक कमल खनालले पार्टी केन्दको ५ महिना ५ काम ५ परिमाणलाई सफल बनाउनको लागि नयाँ शक्ति प्रदेश ५ गम्भीर रुपमा लागेको बताउदै त्यसलाई जसरी पनि पुरा गर्ने बताए ।

नयाँ शक्तिका रुपन्देही संयोजक किस्मत बिकले अबको राजनितिक सङर्घष भनेको बिकास र समृदि भएको बताउँदै त्यसलाई पुरा गर्नका लागि गाउँ टोलमा पनि पार्टीको कमिटि गठन गर्ने बताए।

साथै ठूला पार्टी देशको भन्दा पनि पार्टीको स्वार्थमा लागेको बताउदैे ती पार्टीले बिकास र समृद्धि गर्न नसक्ने दाबी समेत गरे । नयाँ शक्ति संङख्यामा सानो भएता पनि बिचारमा अगाडी भएको समेत दाबी गरे ।

भेलामा नयाँ शक्ति प्रदेश नं. ५ का प्रवक्ता तथा केन्द्रीय कार्यसमिति सदस्य मनिकर कार्की, प्रदेश नं. ५ का कार्यालय सचिब बिमल गरी, रुपन्देहीका आर्थिक बिभाग प्रमुख नर बहादुर सुनार लगायतको सहभागिता रहेको थियो । भेलाको संचालन एबं अध्यक्षता बुटबल उपमहानगरपालिका संयोजक प्रेम बहादुर अर्यालले गरेका थिए।

प्रकाशित मिति : आइतबार, पुष १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij