रुपन्देहीमा सवारी साधनमा जोरबिजोर प्रणाली, शैक्षिक संस्था बैशाखभरी पूर्ण रुपमा बन्द

रुपन्देहीमा सवारी साधनमा जोरबिजोर प्रणाली, शैक्षिक संस्था बैशाखभरी पूर्ण रुपमा बन्द

रुपन्देही

रुपन्देही जिल्लामा सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने र शैक्षिक संस्था बैशाख भर पूर्ण रुपमा बन्द गर्ने जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर ९डिसिसिएमसि०ले निर्णय गरेको छ ।
जिल्लामा कोरोना भाईरस संक्रमणको दर बढ्दै गएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्को अध्यक्षतामा आईतबार बसेको जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर ९डिसिसिएमसि०को बैठकले सार्वजनिक तथा निजी सवारीका साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने, शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म पूर्णरुपमा बन्द गर्ने तथा पठनपाठनलाई वैकल्पिक बिधि अवलम्बन गर्ने, जिल्लाका सबै स्थानीय तहले कोरोना संक्रमित ओसारपसारको लागि कम्तिमा एउटा एम्बुलेन्सको व्यबस्था गर्ने निर्णय गरेको हो ।
बैठकले सवारी साधन प्रयोग गर्दा जोर बारको दिन जोर र बिजोर बारको दिन बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्ने, शिक्षण संस्थाले बैकल्पिक माध्यमबाट पठनपाठन गराउने तथा सबैप्रकारका पूर्वनिर्धारित परिक्षा स्थगन गर्ने निर्णय भएको हो ।
त्यस्तैगरी बैठकले जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो पालिकामा रहेका आईसोलेसनहरुको क्षमता बिकास गरि पूर्वतयारी अवस्थामा राख्ने, नयाँ भेरियन्टको कोरोना भाईरस बढी खतरनाक र संक्रमणको दर पनि बढी रहेकाले सबै स्थानीय तहले यसबाट बँच्ने सुरक्षा उपायहरु तथा स्वास्थ्य मापदण्डको पालना गर्न र गराउनको लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

 

प्रकाशित मिति : आइतबार, बैशाख १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij