टिप्परले बसलाइ ठक्कर जुम्ल्याहा २ छोरीको मृत्यु,आमा सिकिस्तै

टिप्परले बसलाइ ठक्कर जुम्ल्याहा २ छोरीको मृत्यु,आमा सिकिस्तै

बुटवल-रुपन्देहीको कोटिहवामा टिप्परले बिबाहको बसलाइ ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । आज दिउसो बुटवल–भैरहवा ६ लेन सडकको कोटिहवामा भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले बुटवल तर्फ नै आउँदै गरेको लु १ ख ९६८६ को बसलाइ ठक्कर दिदा बसमा सवार दुइ जना जुम्ल्याहा बालिकाको मृत्यु भएको हो । बालिकाकी आमाको गम्भिर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा तिलोत्तमा १५ की सरस्वती हरिजनका जुम्ल्याहा छोरीहरु ८ बर्षे गंगा हरीजन र जमुना हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी सरस्वतीको गम्भिर अवस्थामा मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि सत्यनारायण थापाले बताए ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन । प्रहरीका अनुसार रोकी राखेको बसलाइ टिप्परले पछाडीबाट ठक्कर दिएको थियो । टिप्परले ठक्कर दिएपछि हुत्तिएको बसले अगाडी पट्टी रहेको अर्को लु १ ख ५७८६ नम्बरको बस र लु २ च ७०१२ नम्बरको बलेरो जिपलाइ समेत ठक्कर दिन पुगेको थियो । बलेरो र अर्को बसका यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij