कपिलवस्तु अस्पतालमा प्युठानकी कोरोना संक्रमित महिलाको सफल अप्रेशन

कपिलवस्तु अस्पतालमा प्युठानकी कोरोना संक्रमित महिलाको सफल अप्रेशन

कपिलवस्तु

प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसेकेकी एक कोरोना संक्रमित गर्भवती महिलाको कपिलवस्तु अस्पतालमा अप्रेशन गरी बिहीवार राति बच्चा जन्माइएको छ ।

प्युठान स्थायी घर भएकी ३१ बर्षीया महिलालाई उपचारका लागि सोमबार प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । गर्भवती समेत रहेकी ती महिलाको पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएको थियो । बच्चा जन्माउन बुटवल अस्पताल पुगेकी उनी चार दिन अघि कोरोना पोजेटिभ देखिएकी थिईन ।

३ बर्ष अघि पनि बुटवल अस्पतालमै अप्रेशनबाट छोरा जन्माएकी ती महिलालाई चार दिनसम्म आईसोलेशनमा राखिएको थियो । पेटमा पीडा भए पछि बेड अभावले उनको त्यहाँ उपचार हुन सकेको थिएन । भीम अस्पताल भैरहवामा समेत बेड अभाव थियो ।

प्रोदशिक अस्पतालका डाक्टरहरुले कपिलवस्तु अस्पतालमा ती महिलाको उपचारका लागि रिफर गरेका थिए । ‘बेड अभावले कोरोना संक्रमित गर्भवती महिलाको उपचार गर्न कपिलवस्तु अस्पताल पठाइएको थियो’ अस्पतालका मेसु किशोर बन्जाडेले भने ‘ काम चुनौतीपुर्ण थियो, तर सफल भयौ ।’

टीमको प्रयासले हामी सफल भयौ उनले थपे । राति नौ बजेर ५७ मिनेटमा ती महिलाको अप्रेशन गरी ३ किलो २४० ग्रामको बच्चा जन्माइएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए । ती महिलाको २ वटा बच्चा खेर गैसकेको थियो ।

‘प्रसुति पीडा भएको बेला कोरोना संक्रमित भए पछि ती महिलाको उपचार चुनौतीपुर्ण थियो, तर हामीले उनको सफल उपचार गर्यौ ’उनले भने । महिला र बच्चालाई अस्पतालमा छुट्टा छुट्टै राखिएको छ ।

बच्चाको पिसिआर टेस्टका लागि पठाइएको छ । आमा र बच्चाको अवस्था ठीक रहेको डाक्टर क्षेत्रीले बताए । कपिलवस्तु अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा किशोर बन्जाडे, डा. पुनम लामा, डा. गणेश क्षेत्री, एनेस्थेसिया सहायक रमेश कुमार महतो, नर्सिङ कर्मचारी रबिना क्षेत्री, आयुष्मा अर्याल तथा सहयोगी सकरुन निशा लगायतका टोली अप्रेशनमा सहभागी थिए

प्रकाशित मिति : शुक्रबार, बैशाख १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij