मुम्बई । भनिन्छ, कलाको कुनै सिमा हुँदैन । सायद त्यसैले पनि होला । बलिउडका केही कलाकार हलिउडसम्म पनि पुगेर अभिनय गर्न सफल छन् । आज चर्चा बलिउडका ती १० कलाकारको गर्न खोजिएको छ । जो हलिउड अभिनयमा सफल देखिए ।
सुरज शर्मा
सुरजले ब्लकबस्टर फिल्म ‘लाइफ अफ पाइ’बाट हलिउड अभिनय सुरुवात गरेका थिए । अहिले उनी हलिउडको चिरपरिचित अनुहारमा पर्दछन् ।
अनिल कपुर
अनिलले हलिउड फिल्म ‘स्लम डग मिलिनियर’, ‘मिसन इम्पोसिवल’को अलवा केही धारावाहीक टिभी श्रृखलामा पनि काम गरेका छन् ।
अमरीश पुरी
अमरीशले फिल्म ‘इन्डियाना जोन्स’ र ‘द टेम्पल अफ डुम’ जस्ता चलचित्रमा काम गरेर हलिउडमा एक पहिचान बनाएका थिए ।
अनुपम खेर
अनुपमले पनि केही हलिउड फिल्म र बिदेशी भाषाको फिल्ममा काम गरेका छन् । उनको अभिनय प्रतिभालाई बिश्वभरबाट प्रशंसा मिलेको थियो ।
शबाना आन्जमी
अभिनेत्री शबानाको बलिउडमा राम्रो पहिचान छ । हलिउडमा पनि उनले आफ्नो छाप छाडेकी छन् । शबानाले ‘जोय सिटी’, ‘इट्स अ वन्डरफुल’ लगायत थुप्रै फिल्म अभिनय गरेकी छन् । उनको अभिनय हलिउड फिल्मका दर्शकले समेत रुचाएका छन् ।
ओम पुरी
ओम पुरीले हलिउड फिल्म ‘दि हन्ड्रेड फुट जर्नी’, ‘माई सन द फ्यान्याटिक’, ‘ल घोस्ट एण्ड डार्कनेस’ लगायत चलचित्रमा काम गरेकी छन् । उनलाई अस्कर पुरस्कार समारोह २०१७ मा श्रद्धाञ्जली समेत दिइएको थियो ।
फ्रिडा पिन्टो
फ्रीडाले हलिउड फिल्म स्मलडाग मिलियोयरका साथ बिश्वभर लोकप्रिय हासिल गरेकी थिइन् । यसको अलवा उनले केही हलिउड चलचित्र पनि अभिनय गरेकी छन् ।
नसीरुद्दीन शाह
नसीरुद्दीनले ‘दि एक्स्ट्रा अर्डिनरी जेन्टलमेन’, ‘द ग्रेट न्यु वन्डरफुल’ जस्ता फिल्ममा काम गरेका थिए । हलिउड उद्योगमा उनको नाम सम्मानका साथ लिने गरिन्छ ।
प्रियंका चोपडा
प्रियंका अहिले हलिउडदेखि बलिउडसम्म छाएकी छन् । अमेरिकी टिभी शोबाट त उनले धमाका मच्चाएकी छन् ।
इरफान खान
इरफानले ‘जुरासिक पार्क’, ‘इन्फर्नाे’ जस्ता कयौ सादार हलिउड चलचित्रमा काम गरेका छन् । इरफानको नाम हलिउडको ठुला स्टारको रुपमा आउने गरेको छ ।
प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्